तनहुँमा पर्यटक मिनीबसको ठक्ककरबाट ७० वर्षीय वृद्धको मृत्यु

तनहुँमा पर्यटक मिनीबसको ठक्ककरबाट ७० वर्षीय वृद्धको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , ३० बैशाख २०८३।

तनहुँमा मिनी बसको ठक्ककरबाट ७० वर्षीय एक वृद्धको मृत्यु भएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित पृथ्वीराजमार्गमा मंगलबार साँझ ठक्कर दिंदा स्थानीय वर्ष ७० का बिर्खबहादुर चुमीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले दिएको जानकारी अनुसार , शव प्रदेश अस्पताल दमौलीको शवगृहमा रहेको छ भने प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोख्रेललाई नियन्त्रणमा लिएको छ । “सांकेतिक चित्र: एआई (AI) द्वारा तयार पारिएको”

प्रतिक्रिया