पाेखरा, ३० बैशाख २०८३ ।
अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा पोखराका दुई जनासहित चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कदै गरेको ग १ ध ५०४ नम्बरको बस अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा मंगलबार दिउसो दुर्घटनाग्रस्त हुँदा पोखराका दुई जनासहित चार जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर पोखरा महानगरपालिकाको वडा नम्बर १९ का ७८ वर्षीया राममाया बसेत र सोही ठाउँकी वर्ष ७८ कै बिन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर ५ घर भएका बस चालक ४५ वर्षीय रमेश जिसी र सोही ठाउँकी ५० वर्षीया कौशिला रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरिक्षक झलकप्रसाद शर्माले जानकारी दिएका छन्।
मृत्यु हुने मानिसहरुको विवरण
१. पोखरा म.न.पा. १९ बस्ने वर्ष ७८ की राममाया बस्नेत
२. पोखरा म.न.पा. १९ बस्ने वर्ष ७८ की विन्दु कुँवर
३.पर्वत मोदी गा.पा. ५ बस्ने वर्ष ५० की कौशिला रेग्मी
४. पर्वत मोदी गा.पा. ५ बस्ने वर्ष ४५ को रमेश जि.सी. (चालक)
घाईते भएका मानिसहरुको विवरण
१. जिल्ला पर्वत मोदी गा.पा. ५ बस्ने वर्ष ३५ को उमा पौडेल
२. ऐ. ऐ. बस्ने वर्ष ४९ को विष्णु के. सी.
३. ऐ. ऐ. बस्ने वर्ष ४६ को दिपा पौडेल
४. ऐ.ऐ. बस्ने वर्ष ६९ को देव बहादुर अखेली
५ . ऐ. ऐ. बस्ने वर्ष ५० की राधिका रोका
६. ऐ. ऐ. बस्ने वर्ष ७० की मिना कुँवर
७. ऐ.ऐ. बस्ने वर्ष ६२ को लिला बहादुर कुँवर
८. ऐ. ऐ. बस्ने वर्ष ७५ को तारा बहादुर रेग्मी
९. ऐ. ऐ. बस्ने वर्ष २१ को प्रदिप पौडेल
१०. ऐ. ऐ. बस्ने वर्ष ५९ को दुर्गा बहादुर पौडेल
११. ऐ. ऐ. बस्ने वर्ष १७ को विश्वास पौडेल
१२. ऐ. ऐ. बस्ने वर्ष ५३ को हेमा कुँवर
१३. ऐ.ऐ.बस्ने वर्ष अ. ५९ की बाटुलि पौडेल
१४. ऐ.ऐ.बस्ने वर्ष ५० की उजेलि कुमारी क्षेत्री
१५. ऐ. बस्ने वर्ष ३० को सन्तोष क्षेत्री
१६. ऐ.ऐ. बस्ने वर्ष ७८ को पदम बहादुर कुँवर
१७. ऐ. ऐ. बस्ने वर्ष १७ को रोहित कुँवर
१८. ऐ. ऐ. बस्ने वर्ष ७५ की देवि कुँवर
१९. ऐ. ऐ. बस्ने वर्ष ३२ की हरीमाया कुवँर
२०. ऐ. ऐ. बस्ने वर्ष ६८ को लाल बहादुर रेग्मी
२१. ऐ. ऐ. बस्ने वर्ष ८ को सम्राट कुँवर
२२. ऐ.ऐ. बस्ने वर्ष अ.३१ की दिपा सुबेदी
२३. ऐ.ऐ. बस्ने महिना १७ की सम्राज्ञी कुँवर
२४. ऐ. ऐ. बस्ने वर्ष २८ को सागर कुँवर
२५ . ऐ.ऐ. बस्ने वर्ष ४२ की पवित्रा जि.सी. (चालकको श्रीमती)
२६. ऐ.ऐ. बस्ने वर्ष ४७ कि पवित्रा कुमारी पौडेल
२७. जिल्ला कास्की अन्नपुर्ण गा. पा. ८ बस्ने वर्ष ५५ की सिता कुँवर
दुर्घटनामा २० जनाको पाल्पा र ६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।