पोखरामा लागू औषधका कारोबारी युवा एसएलआर बन्दुकको गोलीसहित पक्राउ

पोखरामा लागू औषधका कारोबारी युवा एसएलआर बन्दुकको गोलीसहित पक्राउ


  • जन संचार
  • बुधबार, ३० बैशाख २०८३
  • 247
    Shares

पोखरा , ३० बैशाख २०८३।

पोखरामा एक जना लागू औषधका कारोबारी युवा एसएलआर बन्दुकको गोलीसहित पक्राउ परेका छन्।

लम्जुङको क्व्होलोसोथार गाउपालिका वडा नम्बर ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका
वडा नं. ११ रानीपौवा बस्ने बर्ष २६ वर्षीय सागर थापा मगर एसएलआर बन्दुकको गोली र लागू औषधसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउसो साढे तीन बजेको समयमा उनलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्त थापामगरको साथबाट एक थान एसएलआर बन्दुकको गोलीको साथमा tramadol 50 mg लेखिएको ट्याव्लेट ८२ चक्की, Tapentadol 100 mg लेखिएको ट्याव्लेट १४ चक्की र एउटा मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अभियुक्त थापामगरबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया