पाेखरा, २९ बैशाख २०८३ ।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी आठ महिनापछि तनहुँमा पक्राउ परेका छन्।
जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेका तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने २९ वर्षीय अर्जुन परियारलाई सोमबार प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार , जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका बेला परियार गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट फरार रहेका थिए । उनलाई जिल्ला कारागार तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।