धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते

धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ बैशाख २०८३
  • 1.1K
    Shares

पाेखरा, २९ बैशाख २०८३ ।

धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा र वीरगञ्जतर्फ जाँदै गरेका दुईवटा बस र एउटा ट्रक गएराति करिब ११:०० बजे आपसमा ठोक्किदा १२ जना घाइते भएका हुन्। धादिङको गल्छी ६, बैरेनीस्थित मूल सडकमा गएराति भएको उक्त दुर्घटनामा बागमती प्रदेश ०१–००६ ख ७४८८, बागमती प्रदेश ०१–००६ ख ६७१६ नम्बरका बस र बा ३ ख २०५६ नम्बरको ट्रक एक आपसमा ठोक्किएका बताइएको छ।

घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आपसमा ठोक्किएका बस र घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी छ ।

प्रतिक्रिया