पाल्पामा प्रहरी सहायक हवल्दार थारुको निधन भए

पाल्पामा प्रहरी सहायक हवल्दार थारुको निधन भए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ बैशाख २०८३
  • 1.7K
    Shares

पाेखरा, २९ बैशाख २०८३ ।

पाल्पामा एक जना प्रहरीको निधन भएको छ।

कारागार सुरक्षा गार्ड पाल्पामा दरबन्दी भई निस्ती गाउँपालिका वडा नं. १ निस्दीस्थित अस्थायी प्रहरी पोष्ट बाकामलाङमा कार्यरत प्रहरी सहायक हवल्दार विकास थारुको सोमबार निधन भएको हो।

ड्युटीमा रहेका बेला आइतबार अचानक बिरामी भएका प्रहरी सहायक हवल्दार थारुलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा सोमबार निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

उनले २०७० साल अशोज १५ गते नेपाल प्रहरीमा जागिरी जीवन शुरु गरेका थिए।

प्रतिक्रिया