पाेखरा, २९ बैशाख २०८३ ।
बागलुङको ताराखोलामा पिकअप गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
ताराखोलामा भएको उक्त पिकअप गाडी दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि गलकोट नगर अस्पतालमा ल्याइएकोमा तीन जना घर फर्किएका छन् भने एक जनाको अझै सोहि अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
सो दुर्घटनामा ताराखोला गाउँपालिका-३, बराहखोला निवासी ५२ वर्षीया दिलमाया बगाले, ५९ वर्षीया हरिकला कँडेल, ६० वर्षीया उजेली बगाले र ४२ वर्षीया नरमाया रोका घाइते भएको प्राप्त समाचारमा जनाइएको छ ।