आज यी क्षेत्रहरुमा मध्यम वर्षा र हिमपातको सम्भावना

आज यी क्षेत्रहरुमा मध्यम वर्षा र हिमपातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ बैशाख २०८३
  • 1.3K
    Shares

वर्षात, rain

पाेखरा, २९ बैशाख २०८३ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जन(चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू(भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी(तराई भू(भागका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित मध्यमसम्म वर्षा(हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू(भागमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी भू(भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी( तराई भू(भागका केही स्थानमा मेघगर्जन(चट्याङ्गसहित मध्यमसम्मको वर्षा(हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

प्रतिक्रिया