पोखराको बागलुङ् बसपार्कमा युवाहरुबीच ग्याङफाइटको भिडियो भाइरल भएपछि …… ….. ….

पोखराको बागलुङ् बसपार्कमा युवाहरुबीच ग्याङफाइटको भिडियो भाइरल भएपछि …… ….. ….


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ बैशाख २०८३
  • 1.1K
    Shares

पाेखरा, २८ बैशाख २०८३ ।

पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ् बसपार्कमा युवाहरुबीच भएको ग्याङफाइटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यस भिडियोमा देखिएका ग्याङफाइटमा संलग्न छ जना युवा युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पोखराको बागलुङ् बसपार्कमा स्थानीय अर्चलबोट समूहका युवा र पोखरा १३ स्थित बाँझापाटन समूहका युवाहरु बीच भएको ग्याङफाइटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यस घटनामा संलग्न छ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बाँझापाटन समूहका पोखरा १३ बाँझपाटनका २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय राजेश परियार, गोरखा घर भई बाँझपाटन बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, तथा अर्चलबोट समूहका नुवाकोट घर भई बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ तथा २५ वर्षीय राजकुमार तामाङ र बाग्लुङ बसपार्क कि २० वर्षीया लिजा पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

वैशाख २२ गते राति साढे ९ बजेतिर पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइटमा संलग्न रहेका उनीहरुलाई खोजी गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए। उनीहरुबीच लागू औषध सेवन सम्बन्धमा बिबाद हुँदा झगडा भएको र त्यही भिडियो सामाजिक संजालमा भाइरल भएको डिएसपी बस्नेतले बताए।

डीएसपी बस्नेतका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाझाँपाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया