सहकारी ठगीको आरोपमा मञ्जुश्री कोअप्रेटिभका अध्यक्ष घिमिरे पक्राउ

सहकारी ठगीको आरोपमा मञ्जुश्री कोअप्रेटिभका अध्यक्ष घिमिरे पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ बैशाख २०८३
  • 1.2K
    Shares

पाेखरा, २७ बैशाख २०८३ ।

सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भन्दै बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिए । सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया