पाेखरा, २७ बैशाख २०८३ ।
चितवनको रत्ननगरमा मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीया बृद्धाको मृत्यु भएको छ।
टाँडीबाट भटट्चोक तर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले शनिबार साँझ सात बजे रत्ननगर नगरपालिका १४ स्थित घोलचोकमा ठक्कर दिँदा पैदल यात्री समेत रहेकी स्थानीय ७५ वर्षिया कृष्ण माया मगरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी पैदल यात्री मगरलाई रत्ननगरको बकुलहर अस्पतालमा चिकित्सकले ७ः२२ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
मृतक घगरको शव पोस्मार्टमका लागि भरतपुर सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा ल्याएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । सांकेतिक चित्र