आफ्नो श्रीमानको दस्तखत किर्ते गरेर श्रीमानको जग्गा बैंकमा राखी ऋण झिकेको आरोपमा पोखराबाट एक महिलासहित दुई जना पक्राउ

आफ्नो श्रीमानको दस्तखत किर्ते गरेर श्रीमानको जग्गा बैंकमा राखी ऋण झिकेको आरोपमा पोखराबाट एक महिलासहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 1.1K
    Shares

सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय तालचोक कास्की

पाेखरा, २६ बैशाख २०८३ ।

आफ्नो श्रीमानको दस्तखत किर्ते गरेर श्रीमानको जग्गा बैंकमा राखी ऋण झिकेको आरोपमा पोखराबाट एक महिलासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाको वडा नम्बर ३० निवासी ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउपालिका वडा नं. ४ स्थायी घर भै हाल पोखरा १० बुद्धचोक बस्ने ४४ वर्षीय भद्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त वन्ती शाहीले आफ्नो श्रीमान मोहनबहादुर शाहीको दस्तखत किर्ते गरेर उनको नाउँमा रहेको पोखरा ३० मा रहेको कित्ता नम्बर २४४४ र २४४७ को जग्गा सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय तालचोक कास्कीमा धितो बन्धक राखी ५० लाख रुपियाँ ऋण झिकेको प्रहरीले बताएको छ।

अभियुक्तद्वय वन्ती शाही र भद्रबहादुर थापालाई ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ
(एक्सटर्सन) सम्बन्धी कसूरमा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया