पाेखरा, २६ बैशाख २०८३ ।
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस शनिबार साँझ नवलपरासीको बर्दघाटमा दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका छन्।
नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना७ख ५८२० नम्बरको यात्रुवाहक बस शनिबार साँझ करिब सात बजे अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिएर दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका हुन्।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।
घाइतेहरु र उनीहरुको अवस्था
१) जिल्ला कास्की पोखरा म.न.पा. १५ बस्ने वर्ष अं. ४५ को युवराज पौडेल नाक र निधारमा चोट अवस्था मध्यम ।
२) जिल्ला नवलपरासी बर्दघाट न.पा. १३ धनेवा वस्ने वर्ष अं. ७८ को शोभाखर चापागाँईको छातीमा भित्री चोट अवस्था मध्यम ।
३) जिल्ला कैलाली गौरीगंगा न. पा. ९ वस्ने वर्ष अं. ६८ की पुनी कडायतको छातीमा भित्री चोट अवस्था मध्यम ।
४) ऐ.ऐ. वस्ने वर्ष अं. ६८ को बुद्धी सिंह कडायतको बाँया हात र गालामा चोट अवस्था सामान्य ।
५) जिल्ला नवलपरासी (ब.सु.पूर्व) कावासोती न.पा. १ वस्ने वर्ष अं. २१ को तवारक मियाको हात र कानमा चोट अवस्था सामान्य ।
६) देश भारत लाविचपुर वस्ने वर्ष अं. ३५ को मोहम्मद दिलसाद कानमा चोट अवस्था सामान्य ।
७) जिल्ला बर्दियाँ बासगढी न.पा. ६ वस्ने वर्ष अं. ११ को अनुस अधिकारीको दाहिने आँखा मुनी चोट अवस्था सामान्य ।
८) ऐ.ऐ. वस्ने वर्ष अं. ३२ की रितु अधिकारीको बाँया हात र निधारमा चोट अवस्था सामान्य ।
९) ऐ.ऐ. वस्ने वर्ष अं. ४५ को दिल बहादुर पुरीको दाहिने आँखा मुनी चोट अवस्था सामान्य ।
१०) ऐ.ऐ. वस्ने निजको श्रीमती वर्ष अं. ४१ की साबित्रा पुरीको कम्मरमा चोट अवस्था सामान्य ।
११) ऐ.ऐ. ५ बस्ने वर्ष अं. ५० की लक्ष्मी थापाको छातीमा चोट अवस्था सामान्य ।
१२) जिल्ला कन्चनपुर बेलौरी न.पा. ४ वस्ने वर्ष अं. २० की पुजा रानाको ढाडमा चोट अवस्था सामान्य ।
१३) ऐ.ऐ. वस्ने निजको बुवा वर्ष अं. ४७ को अमर सिंह रानाको दाहिने कानमा चोट अवस्था सामान्य ।
१४) जिल्ला कैलाली गोदावारी न.पा. ६ वस्ने वर्ष अं. ३२ को नारायण बिष्टको अनुहारमा चोट, अवस्था सामान्य
१५) जिल्ला तनहु भिमाद न. पा. १ वस्ने वर्ष अं. २१ को इरफान अलीको दाहिने हात र बाँया कुममा चोट अवस्था सामान्य ।
१६) विदेशी नागरिक इजराइलको वर्ष २१ की LIHI RUBEN को नाकमा चोट अवस्था सामान्य ।