पाेखरा, २६ बैशाख २०८३ ।
बाराको निजगढस्थित एक होटलमा केटासाथीसहित बास बस्न पुगेकी युवतीको मृत्यु भए पछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केटा साथीसहित निजगढ नगरपालिका-९ स्थित गुरुङ होटलमा बस्न पुगेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
राति करिब ११ बजे उनलाई अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि होटलमासँगै बसेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतकको शव अहिले निजगढ सामुदायिक अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा उनको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।