दाङमा आफ्नै छिमेकीको हत्या गरेर बेपत्ता

दाङमा आफ्नै छिमेकीको हत्या गरेर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 1.7K
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

दाङमा एक व्यक्तिले आफ्नै छिमेकीको हत्या गरेर भागेका छन्।

दाङको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित रामजानकी सामुदायिक वन क्षेत्रमा आफ्नै छिमेकी ५५ वर्षीय भोला यादवको बञ्चरोले हानेर हत्या गरी करिब ४० वर्षीय इश्वर हरिजन भागेका हुन्।

इश्वर हरिजनले आज दिउँसो करिब १२ः४५ बजे तिर वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा स्थानीय ५५ वर्षीय भोला यादवमाथि बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनापछि फरार रहेका आरोपी इश्वर हरिजनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जनाएको छ ।

घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया