होर्मुजमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान हुँदा भारतीय जहाज समुद्रमा डुब्यो

होर्मुजमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान हुँदा भारतीय जहाज समुद्रमा डुब्यो


  • एजेन्सीहरु
  • शनिबार, २६ बैशाख २०८३
  • 950
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

जलमार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच गोली हानाहान हुँदा एउटा भारतीय जहाज समुद्रमा डुबेको छ। 

भारतीय अनलाइन दैनिक भास्करका अनुसार दुई देशबिचको झडपमा गुजरातको एक मालवाहक जहाज डुबेको हो। जहाज गुजरातको द्वारका जिल्लास्थित सलायाको थियो।

जहाज दुर्घटनामा भारतीय चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको छ भने बाँकी १७ जनालाई उद्धार गरिएको छ।

भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले उक्त जानकारी दिएका हुन्। उनले दुबईस्थित भारतीय दूतावासलाई सहयोगका लागि इमेल पनि पठाएका छन्।

कार्गो जहाज एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई दुबईबाट यमनको मुकाल्ला बन्दरगाहमा कार्गो बोकेर जाँदै थियो। जहाजमा एक बन्दुकधारीसहित चालक दलका १८ सदस्य थिए।

प्रतिक्रिया