चार दिनदेखि हराइरहेकी महिला मुगु कर्णाली नदीमा मृत भेटिइन्

चार दिनदेखि हराइरहेकी महिला मुगु कर्णाली नदीमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 1.2K
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

चार दिनदेखि हराइरहेकी एक महिला मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी छन् ।

गएको वैशाख २२ गते राति करिब ८ बजेदेखि घरबाट हराइरहेकी मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ निवासी ४१ वर्षीया टोमा लामा मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी हुन् । उनको शव शुक्रबार रिउस बगरस्थित मुगु कर्णाली नदीको बीच भागमा भेटिएको प्रहरीले बताएको छ।

मुगुम कार्मारोङ गाउँपालिका–७ का स्थानीय ठिल्ले लामाले प्रहरी चौकी पुलुलाई घटनाबारे जानकारी गराएपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

घटना कसरी भयो भन्नेबारे हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

प्रतिक्रिया