पाेखरा, २६ बैशाख २०८३ ।
लमजुङमा ठूलो मात्रामा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
बेंशीशहर नगरपालिका वडा नं. २ गैरीस्थित डुम्रे-बेसीशहर सडक खण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा झोलाभित्र पोको पारिएको अवस्थामा दुई सय ९९ एम्पुल लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बेंशीशहर-४ बस्ने ३७ वर्षीय शेखर शाही रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बेंशीशहर तर्फ आउँदै गरेको ग १ ख ६९०० नम्बरको बसमा सवार शेखर शाहीको साथबाट Diazepam (2ml) लेखेको ९९ एम्पुल, Bhuprenorphine Injection (2ml) लेखेको – ९९ एम्पुल र Phenergan (2ml) लेखेको ९९ एम्पुल गरी जम्मा २९७ एम्पुल लागू औषध र मोबाईल सेट थान दुई बरामद भएको प्रहरीले बताएको छ।