पाेखरा, २५ बैशाख २०८३ ।
मलेसिया जान २ लाख ७५ हजार मागेपछि मेनपावरमा छापा
श्रम मन्त्रालयले ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा छापा मारेर ठुलो मात्रामा राहदानी र रकम बरामद गरेको छ।
मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा मलेशिया जान एक लाख ७५ हजार रुर्पियाँ मागिएको भन्दै गुनासो गरेपछि उक्त म्यानपावरमा छापा मार्दा ठुलो मात्रामा राहदानी र रकम बरामद भएको हो।
मन्त्रालयले उक्त म्यानपावरबाट चारसय ४३७ वटा पासपोर्ट र सात लाख ९० हजार नगद फेला पारेको । नगदको रसिद फेला परेको छैन।