सल्यानको भुसखोलामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते

सल्यानको भुसखोलामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.6K
    Shares

सल्यानको दार्मा २ भुसखोलामा भएको ट्याक्टर दुर्घटना

पाेखरा, २५ बैशाख २०८३ ।

सल्यानको भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १:३० बजे सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोलाका प्रदीप बिकको उपचारका क्रममा थुम्के सल्ली स्वास्थ्य चौकी दार्मामा दिउँसो १:५० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर बिक र २२ वर्षीय विशाल बिक घाइते भएका छन् । टेकबहादुरको थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको र विशाललाई भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया