जेन जी आन्दोलनका क्रममा चितवन कारागारबाट भागेकी भारतीय कैदी महिला आठ महिनापछि वीरगञ्जबाट पक्राउ

जेन जी आन्दोलनका क्रममा चितवन कारागारबाट भागेकी भारतीय कैदी महिला आठ महिनापछि वीरगञ्जबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.8K
    Shares

पाेखरा, २५ बैशाख २०८३ ।

जेनजी’ आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट भागेकी भारतीय कैदी महिला आठ महिनापछि वीरगञ्जबाट पक्राउ परेकी छिन्।

गत भदौ २५ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा चितवन जिल्ला कारागारबाट भागेकी ७० वर्षीया भारतीय नागरिक रुवेदा खातुन (सुशीला देवी) वीरगञ्जबाट फेरि पक्राउ परेकी हुन्।

उनी लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेको अवस्थामा गएको भदौ २५ गते भएको जेन जी प्रदर्शनका क्रममा चितवन जिल्ला कारागारबाट भागेकी थिइन्।

सोही दिन चितवन जिल्ला कारागारबाट चार नाबालकसहित कुल सातसय ४३ जना कैदीबन्दी भागेका थिए। भागेका मध्ये छसय ४० जना सम्पर्कमा आइसकेका छन् भने १०३ जना अझै बेपत्ता छन्।

बेपत्ता रहेका मध्ये अधिकांश लागुऔषध, जबर्जस्ती करणी र दुर्लभ एकसिँगे गैँडाको चोरी सिकारी जस्ता गम्भीर मुद्दाका दोषीहरू रहेका छन्।

प्रतिक्रिया