हर्मुज जलमार्गमा सैन्य मुठभेड: इरानद्वारा अमेरिकी नौसेनामाथि क्षेप्यास्त्र प्रहार

हर्मुज जलमार्गमा सैन्य मुठभेड: इरानद्वारा अमेरिकी नौसेनामाथि क्षेप्यास्त्र प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 4K
    Shares

पाेखरा, २५ बैशाख २०८३ ।

हर्मुज जलमार्गमा इरान र अमेरिकाबीचको सैन्य तनावले गम्भीर मोड लिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि बदलास्वरुप इरानले अमेरिकी नौसेनाका जहाजहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

इरानी मिसाइल लागेर अमेरिकी युद्धपोतहरूमा क्षति पुगेको र उनीहरू पछि हट्न बाध्य भएको दाबी गरिएको छ। यसअघि अमेरिकी सेनाले एफ–१८ फाइटर जेटमार्फत इरानी ट्याङ्करको रडरमा प्रहार गरी त्यसलाई निष्क्रिय पारेको थियो।

यसैबीच, इरानका प्रमुख बन्दरगाह सहर बन्दर अब्बास र केस्म टापुमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले अमेरिकी सेनाले इरानको केस्म बन्दरगाह र बन्दर अब्बासमा आक्रमण गरेको दाबी गरेको छ। स्थानीय बासिन्दाले बहम्यान पियर नजिकै ठूला विस्फोटहरू सुनेको बताएका छन्।

इरानी समाचार एजेन्सी मिजानका अनुसार केस्ममा सुनिएका आवाजहरू त्यहाँको प्रतिरक्षा प्रणालीले साना ड्रोनहरू खसाल्ने क्रममा निस्किएका हुन्। पेन्टागनले यस विषयमा आधिकारिक टिप्पणी नगरे पनि खाडी क्षेत्रमा दुवै पक्षबीचको सैन्य भिडन्तले विश्वव्यापी तेल आपूर्ति र सुरक्षामा ठूलो संकट निम्त्याएको छ।

प्रतिक्रिया