कीर्तिपुरमा बिपिन घिमिरेको हत्या आरोपमा कैलालीका दुईसहित तीन जना पक्राउ

कीर्तिपुरमा बिपिन घिमिरेको हत्या आरोपमा कैलालीका दुईसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.8K
    Shares

पाेखरा, २५ बैशाख २०८३ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक गुल्मीका २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगामा बस्दै आएका २३ वर्षीय रवीन्द्र धामी र कैलालीको घोडाघोडी नगरपालिका घर भई कीर्तिपुर–८ सिनेमाहल क्षेत्रमा बस्दै आएका २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

बुधबार धारिलो हतियार प्रयोग गरी घिमिरेको हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

प्रतिक्रिया