तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ बैशाख २०८३
  • 1.1K
    Shares

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्मा

पाेखरा, २४ बैशाख २०८३ ।

सरकारी स्वामित्वमा रहेका तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरूले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुधवार नै राजीनामा बुझाएका अर्थ मन्त्रालय स्रोतले जानकारी िदएकाे छ ।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेश नै ल्याएर पद मुक्त गरेको थियो । तर, त्यसमा सरकारी बैंकका पदाधिकारीहरू भने परेका थिएनन् । अध्यादेशबाट पदमुक्त नभए पनि सरकारले मार्ग प्रशस्त गर्न भनेपछि राजीनामा बुझाएको स्रोतको भनाई छ ।

प्रतिक्रिया