पोखरा, २४ बैशाख २०८३ .
गोरखामा मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
घ्याम्पेशालबाट वीरेनचोक जाँदै गरेको ग १ ख ७४४३ नम्वरको मिनीट्रकले गोरखा नगरपालिका–८ फूलबारी पाठशाला क्षेत्रमा बुधवार साँझ करिव ६ बजे ठक्कर दिंदा तीन बर्षीय बालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर आरुघाट गाउँपालिका–१ धुन्चेत घर भई हाल गोरखा बजार बस्ने युहान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकका चालक गोरखा नगरपालिका वडा नम्बर ११ का हिराबहादुर कुमाल र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सांकेतिक चित्र