कीर्तिपुरमा चक्कु प्रहार गरी गुल्मीका युवाको हत्या : तीन जना पक्राउ

कीर्तिपुरमा चक्कु प्रहार गरी गुल्मीका युवाको हत्या : तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ बैशाख २०८३
  • 2.3K
    Shares

deadbody, शब

पोखरा, २३ बैशाख २०८३।

काठमाडौँको कीर्तिपुरमा आज दिउसो गुल्मी घर भएका एक युवाको हत्या भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका २२ वर्षीय विपिन घिमिरेको आज दिउँसो २ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

दुई साथीबीच झगडा हुँदा चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा कीर्तिपुरकै स्थानीय बासिन्दा २२ वर्षीय आशिष महर्जन बझाङ घर भै हाल किर्तिपुर बस्दै आएका २१ वर्षका रोशन बोहोरा र बझाङ घर भै हाल किर्तिपुर बस्दै आएका २३ वर्षीय रबिन धामी लाई पक्राउ गरेको छ

प्रारम्भिक अनुसन्धानका अनुसार युवाहरूबीच मादक पदार्थ सेवन गरी आपसी विवाद भएको बुझिएको छ। सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिँदा चक्कु प्रहार भएको प्रहरीको भनाइ छ। उक्त हत्या सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। सांकेतिक चित्र

प्रतिक्रिया