१२ दिनदेखि हराइरहेकी महिलाको शव शिवपुरी जंगलमा गाडेको अवस्थामा भेटियो

१२ दिनदेखि हराइरहेकी महिलाको शव शिवपुरी जंगलमा गाडेको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ बैशाख २०८३
  • 1.8K
    Shares

पोखरा, २२ बैशाख २०८३।

१२ दिनदेखि हराइरहेकी एक महिलाको शव काठमाण्डौको शिवपुरी जंगलमा गाडेको अवस्थामा भेटिएको छ।

गएको बैशाख १९ गतेदेखि हराइरहेकी काठमाण्डौको तारकेश्वर नगरपालिका–३, तिनपिप्लेकी सरिता तिवारीको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनको खोजीका लागि उनका परिवारजनले प्रहरीमा निवेदन दिएपछि प्रहरीले विभिन्न विधिबाट उनको खोजी शुरु गरिएको प्रहरीले बताएको छ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टोखा नगरपालिका–२ का अनिल डंगोललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तिवारी र डंगोलबीच एक वर्षदेखि चिनजान रहेको बताइएको छ। उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।

प्रारम्भिक जाँचमा ढुंगाले हानेर उनको हत्या भएको जस्तो देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । शिवपुरी जंगलमा भेटिएको तिवारीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पठाइएको एसपी भट्टराईले बताए। ह त्याको कारण प्रहरीले खुलाइसकेको छैन ।

प्रतिक्रिया