पोखरा, २२ बैशाख २०८३।
आफ्नो मोटरसाइकलमा लिफ्ट लिएकी युवतीसँग अश्लिल यौन हर्कत गरेको आरोपमा स्याङ्जाबाट एक युवा पक्राउ परेका छन्।
मंगलबार बिहान सात बजेतिर आफ्नो मोटरसाइकलमा लिफ्ट लिएकी युवतीसंग अश्लिल यौन हर्कत गरेको आरोपमा पुतलीबजार नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय दिवस सुनार पक्राउ परेका हुन्।
प्रहरीका अनुसार , अभिय्क्त सुनारले मगलबार बिहान ७ बजेतिर आफ्नो मोटरसाइकलमा एक महिलालाई लिफ्ट दिएका थिए । पुतलीबजार नगरपालिका वडा नम्बर १ मालेबगरस्थित सार्वजनिक सडक खण्डको एकान्त स्थानमा पुगेपछि उनले ती महिलासँग शुरुमा फोन नम्बर मागेका र फोन नम्बर दिन अस्वीकार गरेपछि आफ्नो शरीरको तल्लो भागमा लगाएको कपडा खोली अश्लिल हर्कत देखाएको प्रहरीले जानकारी दिएको छ ।
उक्त हर्कत गरेपछि भागेका सुनारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।