पोखरा, २२ बैशाख २०८३।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको ।
तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
हाल स्मार्ट टेलिकम बन्द छ भने टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको छ । नियमानुसार अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरेपछि ‘दूरसञ्चार ऐन, २०५३’ अनुसार स्मार्ट टेलिकमको लाइसेन्स २०८० बैशाख ३ गते रद्द भएको थियो ।
तर, सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीको भनाई छ ।