पर्वतको कुश्मा नजिक इभी गाडी दुर्घटनाग्रस्त : १० जना घाइते (घाइतेहरुको सुचीसहित)

पर्वतको कुश्मा नजिक इभी गाडी दुर्घटनाग्रस्त : १० जना घाइते (घाइतेहरुको सुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ बैशाख २०८३
  • 1.7K
    Shares

पोखरा, २१ बैशाख २०८३।
पर्वत जिल्ला सदरमुकाम नजिक आज इभी गाडी दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन्।

म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोक मार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले दिएको जानकारी अनुसार , उक्त दुर्घटनामा घाइते हुनेहरुमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाता तोपानीका ६० वर्षीया देवी खत्री, कास्की, पोखरा महानगरपालिका–१३ बस्ने ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षीया सीता परियार, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार, उनका छोरा आठ वर्षका दिप्सन परियार घाइते भएका छन् । यसैगरी पोखरा महानगरपालिका–१३ की ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमाईं, पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया सुशीला थापा ५० वर्षीया लिला थापा पनि सोही दुर्घटनामा परेर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सबै घाइतेको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया