पोखरा, २१ बैशाख २०८३।
कञ्चनपुरमा गएराती ट्याक्टरले ठक्कर दिंदा किच्चिएर इँटा उद्योगमा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–७ ‘च गाउँस्थित न्यू इँटा उद्योगमा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिंदा ट्याक्टरले किचेर दुई जना भारतीय मजदुरको मृ,त्यु भएको हो भने एक बालक गम्भी र घाइ ते भएका छन् ।
उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमारको सेती प्रादेशिक अस्पताल र नौ वर्षीय पवन कुमारकाे नवजीवन अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले जानकारी दिए । सोही दुर्घटनामा परेर ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
इट्टा उद्योगमा तयार भएका काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा उक्त ट्याक्टरले उनीहरुलाई ठक्कर दिएको एसपी शाहीले बताए।
उक्त दुर्घटनापश्चात चालक फरार रहेका छन् र उनको खोजी भैरहेको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।