बर्दियामा गएराती बस दुर्घटना : चार जना घाइते

बर्दियामा गएराती बस दुर्घटना : चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ बैशाख २०८३
  • 4.1K
    Shares


पोखरा, २१ बैशाख २०८३।


काठमाडौं जाँदै गरेको यात्रुवाहक बस गएराती बर्दियामा दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन् ।

बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३३८६ नम्बरको बस आज बिहान करिब ३ बजेतिर बारबर्दिया नगरपालिका–९ वनगाई क्षेत्रमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चार जनाघाइते भएका हुन्।

दुर्घटनामा चार जना सामान्य घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना अझै अस्पतालमै उपचाररत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार