बर्दियामा गएराती बस दुर्घटना : चार जना घाइते

बर्दियामा गएराती बस दुर्घटना : चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ बैशाख २०८३
  • 1K
    Shares


पोखरा, २१ बैशाख २०८३।


काठमाडौं जाँदै गरेको यात्रुवाहक बस गएराती बर्दियामा दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन् ।

बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३३८६ नम्बरको बस आज बिहान करिब ३ बजेतिर बारबर्दिया नगरपालिका–९ वनगाई क्षेत्रमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चार जनाघाइते भएका हुन्।

दुर्घटनामा चार जना सामान्य घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना अझै अस्पतालमै उपचाररत छन्।

प्रतिक्रिया