पोखरा, २१ बैशाख २०८३।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा बोलेरो जिपले ठक्कर दिंदा सात वर्षीया बालिकाको निधन भएको छ।
याँपुलबाट बिरेठाँटी जादै गरेको ग १ ज ८७१९ नं.को बोलेरो जिपले अन्नपुर्ण गाउपालिका वडा नम्बर ९ स्थित सुधामेमा साइकललाई ठक्कर दिंदा स्थित स्थानीय सात वर्षीया बालिका नेस्मा आलेको मृत्यु नभएको हो।
बोलेरो जिपको ठक्करबाट घाइते भएकी साइकलमा सवार ती बालिकालाई तत्काल उपचारका लागि पोखराको गहिरापाटनस्थित फिस्टेल अस्पतालमा ल्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनापश्चात बोलेरो चालक पर्वतको मोदी गाउपालिका वडा नम्बर १ झिल्लिबराङ बस्ने बर्ष २७ को राज बहादुर आले लाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।