‘सपनामा देखेको’ भन्दै कास्कीको रुपामा आफ्नै बाबुको हत्या

‘सपनामा देखेको’ भन्दै कास्कीको रुपामा आफ्नै बाबुको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, २१ बैशाख २०८३।

“कि बाबुले आफुलाई कि आफुले बाबुलाई मार्नुपर्ने” सपना देखेको भन्दै कास्कीको रुपा गाउँपालिकामा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्।

कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडाका ३४ वर्षीय भिमबहादुर भुजेल आफुले “कि बाबुले आफुलाई कि आफुले बाबुलाई मार्नुपर्ने” सपना देखेको भन्दै आफ्नै ६२ वर्षीय बाबु रामबहादुर भुजेलको हत्या गरेका हुन्।


जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतका अनुसार गत वैशाख १७ गते साँझ करिब ६ बजेर ४५ मिनेटमा रामबहादुर भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए ।

उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा फेला परेपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको थियो । पोष्टमार्टमका लागि मृतकको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।

घटनाको अनुसन्धानका क्रममा कोठाको ढोका खुल्लै रहेको र मृतकको घाँटीमा कसिलो गरी गलबन्दी बेरिएको पाइएपछि प्रहरीले कर्तव्य ज्यानको आशंकामा अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा आफ्नै कान्छो छोरा भीमबहादुरको संलग्नता देखिएपछि प्रहरीले उनलाई वैशाख १८ गते पोखरा महानगरपालिका वडा नम्बर ११ हस्पिटल चोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका भिमबहादुर आफुले “कि बाबुले आफुलाई कि आफुले बाबुलाई मार्नुपर्ने” सपना देखेको र

पक्राउ परेका भीमबहादुर भुजेल विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया