पोखरा, २० बैशाख २०८३।
हुम्लामा भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुकसहित पक्राउ परेका हुन्।
भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित वडा सदस्य रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । त्यस्तै एकसय १० ग्राम बारूद शुद्व तौल ९० ग्राम रहेको स्टेन लल स्टिल नाम लेखेको चुक्कु एकथान लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको डीएसपी शंकर खडकाले बताए ।
उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।