पोखराको लामागाउँबाट लागू औषधसहित दुई जना युवा पक्राउ

पोखराको लामागाउँबाट लागू औषधसहित दुई जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा, १९ बैशाख २०८३।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित लामागाउँबाट अबैध लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बगर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार एलुका करीब पांच बजेको समयमा अबैध लागू औषध कारोबार गरिरहेको अवस्थामा पोखराको लामागाउँबाट दुई जनालाई पक्राउ गरेको हो।

लामागाउँमा डेरा गरी बस्दै आएका स्याङ्जाका २६ वर्षीय सुविन थापा मगर र कास्कीको अन्नपुर्ण गाउँपालिकाको लुम्लेका २७ वर्षीय अर्जुन सुनारलाई अबैध लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट लागू औषध Tapentadol Tablets – एकसय चक्की र मोवाईल थान २ समेत बरामद भएको प्रहरीले दाबी गरेको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया