पोखरा, १८ बैशाख २०८३
म्याग्दीमा चालकसहित एक्साभेटर पहिरोमा पुरिएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका – १ वेगको भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो आई चालकसहित स्काभेटर पुरिएको हो ।
उक्त पहिरो खस्दा स्काभेटरचालक रघुगंगा गाउँपालिका – २ बस्ने बर्ष ५२ का पदम कार्की पुरिएका प्राप्त समाचारमा जनाइएको छ ।