पोखरा, १८ बैशाख २०८३।
बल्खुस्थित सुकुम्बासी बस्ती खाली गरिएका क्षेत्र नजिक बल्खु खोलामा एक बृद्ध मृत भेटिएका छन्।
करिब १६–१७ वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका ६१ वर्षीय ईन्द्रबहादुर राई बल्खु खोलामा मृत भेटिएका हुन्।
मृतक इन्द्रबहादुर आफ्नो श्रीमान भएको सरिता राईले जानकारी दिएकी छन्।
परिवारका अनुसार सुकुम्बासी बस्ती खाली गर्ने क्रममा बिहान घर भत्किएपछि “हेर्न सक्दिनँ” भन्दै एक्लै निस्किएका राई दिउँसो बल्खु खोलामा मृत अवस्थामा भेटिएका हुन्। उनले बल्खुस्थित सब्जी मण्डीमा काम गरेर आफ्नो परिवार पालन पोषण गर्दै आएका थिए। घटनापछि पत्नी र उनका छोरा घटनास्थलमै पुगेका छन्। स्था
जिल्ला प्रहरी परिसर काठमाडौँले भने मृतकको पहिचान पुष्टि भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।