फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा, १८ बैशाख २०८३।

पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ।

फेवातालमा पौडी खेल्ने क्रममा आज बिहान ११ः१५ बजे डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीका १० वर्षीय आरेस लामाको मृत्यु भएको हो।

प्राप्त विवरण अनुसार , तालमा डुबेका बालकलाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा खटिएको सातजनाको गोताखोरसहितको टोलीले १८ फिट गहिराइबाट अचेत अवस्थामा बाहिर निकालेका थिए । उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा साबिकको पश्चिम क्षेत्रीय गण्डकी अस्पताल पठाइएकोमा उपचारको क्रममा दिउँसो १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरे सशस्त्र प्रहरी बलको कालिका गण पोखराले जानकारी दिएको छ।

प्रतिक्रिया