अर्घाखाँचीमा आफ्नै भाइको गोली हानेर हत्या गरेको आरोप लागेका दाजु जेल चलान

अर्घाखाँचीमा आफ्नै भाइको गोली हानेर हत्या गरेको आरोप लागेका दाजु जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा, १८ बैशाख २०८३।

अर्घाखाँचीमा आफ्नै भाइको गोली हानेर हत्या गरेको आरोप लागेका एक युवा जेल चलान भएका छन्।

आफ्नै भाई ४५ वर्षीय भाइ पदम केसीको गोली हानेर हत्या गरेको आरोप लागेका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ का निमबहादुर केसी पुर्पक्षमा रहने गरी अर्घाखाँची जिल्ला कारागार चलान भएका हुन्।

भाइ पदम केसीको गोली हानेर हत्या गरेको आरोप लागेका दाजु निमबहादुर केसीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पुर्पक्षमा रहने गरी थुनामा राख्न आदेश दिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , २०८० साल साउन २६ गते बाँदर मार्ने क्रममा निमबहादुर केसीले चलाएको गोली लागेर उनका ४५ वर्षीय भाइ पदम केसीको मृत्यु भएको थियो। प्रारम्भिक बयानमा उनले आफ्नै बन्दुक पड्किँदा भाइको मृत्यु भएको बताएका थिए। तर उक्त बयान शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीको नेतृत्वमा थप अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा बाँदरलाई लक्षित गरी हानेको गोली नै भाइलाई लागेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार