पोखरा , १७ बैशाख २०८३।`
झापामा स्कुल बस दुर्घटना हुँदा १३ जना बिद्यार्थी घाइते भएका छन्।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ९ः२५ बजे झापाको कचनकवल गाउँपालिका–३ दलकीमा ठक्कर दिएर पल्टिदा १३ जना बिद्यार्थी घाइते भएका हुन्स्कु।
उक्त दुर्घटनामा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतीक्षा राजवंशी, वर्तिका राजवंशी, सुमन राजवंशी, सृजना राजवंशी लगायतका बिद्यार्थी घाइते भएका छन् । अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको र अवस्था खतरा बाहिर रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको छ । एक बालकको निधारमा चोट लागेको छ भने दुई जना विद्यार्थीलाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा राखिएको छ ।