रुपन्देहीमा बस र ईभी माइक्रो एकापसमा ठोक्किंदा १८ जना घा’इते

रुपन्देहीमा बस र ईभी माइक्रो एकापसमा ठोक्किंदा १८ जना घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , १६ बैशाख २०८३।

रुपन्देहीमा आज बिहान बस र ईभी माइक्रो बस एकापसमा ठोक्किंदा १८ जना घा’इते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको ईभी माइक्रो बस आज बिहान करिब ९ बजे रुपन्देहीको भलुहीस्थित गणेशनगर प्रतिक्षालय नजिक एकआपसमा ठो’क्किँदा १८ जना घा’इते भएका हुन्।

उक्त दु’र्घटनामा परेका घा’इतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दु’र्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ। हाल सबै घा’इतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। दु’र्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया