पोखरा , १६ बैशाख २०८३।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडकखण्डमा मंगलबार साँझ दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्। घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार , उक्त दुर्घटनामा घाइते भएका आठबिसकोट नगरपालिका–१० की ४५ वर्षीया जसी दमाई, वडा नम्बर ८ का १६ वर्षीय भुपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरेको अवस्था गम्भीर छ /
सोही दुर्घटनमा परेर आठबिसकोट १० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की पनि घाइते भएका छन्।
त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीय कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मिना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ वर्षीया सीता बिक थप घाइते छन् ।
उक्त दुर्घटनापश्चात चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक बेपत्ता छन् र उनको खोजी भइरहेको डिएसपी पौडेलले बताए । गाडी धनी आठबिसकोट नगरपालिका–८ का हरिबहादुर गैरे भने प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जानकारी दिएको छ ।