पोखरका , १६ बैशाख २०८३।
होटलका संचालकसहित दुई जना लागू औषधका कारोबारी लमजुङमा पक्राउ परेका छन्।
लागू औषध कारोबार सम्बन्धि मुद्दामा जिल्ला अदालत लमजुङले दोषी ठहर गरी कैद सजायं तोकिएका होटल संचालकसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा लमजुङको बेशिसहर नगरपालिका वडा नं.१ स्थाई घर भई हाल सुन्दरबजार न.पा वडा नं.-७ मा तमु होटल सञ्चालन गरी बस्ने वर्ष ३७ को राजन पौडेल र लमजुङ सुन्दरबजार नगरपालिका वडा नंं. ९,फुलबारी बस्ने वर्ष ३० को क्षितिज तामाङ रहेको इलाका प्रहरी कार्यालय भोटेओढार लमजुङका प्रमुख प्रहरी निरिक्षक मनोज पाण्डेले जानकारी दिएका छन्।
अदालतले लागू औषध मुद्दामा उनीहरुलाई दोषी ठहर गर्दै होटल सञ्चालक पौडेललाई चार महिना कैद र चार हजार जरिवाना तथा तामाङलाई ६ महिना कैद र ६ हजार जरिवाना तोकेको थियो। अदालतले दोषी ठहर गरी कैद – जरिवाना तोकेको भए पनि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय भोटेओढारको प्रहरी टोलीले पक्राउ गरेर फैसला कार्यान्बयनका लागि लमजुङ्ग जिल्ला अदालतमा बुझाएकोमा फैसला कार्यन्बयनका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ। सांकेतिक चित्र