कास्की कारागारबाट भागेका ‘वलात्कारी’ तामाङ् झन्डै साढे १२ वर्षपछि फेरि पक्राउ

कास्की कारागारबाट भागेका ‘वलात्कारी’ तामाङ् झन्डै साढे १२ वर्षपछि फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ बैशाख २०८३
  • 1.5K
    Shares

पोखरा, १५ बैशाख २०८३।

कास्की कारागारबाट भागेका एक जना वलात्कारीलाई कास्की प्रहरीले झन्डै साढे १२ वर्षपछि फेरि पोखराबाट पक्राउ गरेको छ।

कास्की जिल्ला कारागारबाट २०७० साल माघ १२ गते भागेका अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा १३ बाझपाटन बस्ने बर्ष ३२ का हेम
कुमार तामाङलाई आइतबार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सोही वडाको कुलाको मुहानबाट पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै तोकेको कैद फैसलामध्ये १३ वर्ष आठ महिना १० दिन कैद भुक्तान गर्न बाँकी रहेका बेला तामाङ २०७० साल माघ १२ गते कास्की जिल्ला कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

निज तामाङ्लाई बाँकी कैद भुक्तानका लागि कास्की जिल्ला कारागारमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया