सुडानमा विमान दुर्घटना, १४ जनाको मृत्यु

सुडानमा विमान दुर्घटना, १४ जनाको मृत्यु


  • एजेन्सीहरु
  • मंगलबार, १५ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, १५ बैशाख २०८३।

 दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको छ ।

 सिटीलिङ्क एभिएसन (CityLink Aviation) द्वारा सञ्चालित उक्त सेसना २०८ काराभान (Cessna 208 Caravan) विमान येई (Yei) बाट जुबाका लागि उडेको करिब ३० मिनेटपछि सम्पर्कविहीन भएको थियो। तर उक्त बिमान खोजीका क्रममा जुबा शहरभन्दा करिब २० किलोमिटर दक्षिण-पश्चिममा रहेको लुरी (Luri) क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त बिमान दुर्घटनमा १२ जना दक्षिण सुडानी नागरिक र दुई जना केन्याली नागरिकको मृत्यु भएको बिभिन्न संचार माध्यमहरुले जनाएको छन्।

दक्षिण सुडानको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक रिपोर्ट अनुसार खराब मौसम र न्यून दृश्यात्मकता (low visibility) का कारण यो दुर्घटना भएको हो।

    दक्षिण सुडानमा हवाई सुरक्षालाई लिएर लामो समयदेखि चिन्ता व्यक्त गरिँदै आएको छ। हाल यस घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

    सन् २०२५ को जनवरीमा उत्तरी दक्षिण सुडानमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । सन् २०२१ मा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का लागि इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

    सन् २०१५ मा सोभियत सङ्घकालिन एन्टोनोभ विमान जुबामा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा एक विमान धावनमार्गबाट चिप्लिएर बाहिर जाँदा भएको अर्को एक दुर्घटनामा विमान दुर्घटना भएको तर विमानमा सवार सबै ३७ जना चमत्कारी रूपमा सकुशल बाँच्न सफल भएका थिए ।

    प्रतिक्रिया