स्याङ्जा, १५ बैशाख २०८३।
लागू औषधसहित स्याङ्जामा दुई जना युवा पक्राउ परेका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ ट्याक्सीचोकबाट लागू औषधसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पुतलीबजार १ ट्याक्सीचोकका ४० वर्षीय फारुक अलि र पुतलीबजार ४ घर भै हाल सोहि नगरपालिकाको वडा नम्बर १ स्थित अभियानपाठ बस्ने २५ वर्षीय निशान थापा रहेको जिल्ला प्प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिएका छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट् खटिएको प्रहरी टोलीले गएको शुक्रबार दिउसो करीब एक बजेको समयमा फारुक अलिको घरबाट लागू औषध खरीदबिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको सिएस्पी चौधरीले बताए।
उनीहरुको साथबाट बुप्रेनरफिन इन्जेक्सन ४ थान , फेनेरागन चार थान र डाईजेपाम चार थान गरी कुल १२ थान लागू औषध बरामद भएको प्रहरीले दाबी गरेको छ।
उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट लागू औषध कारोबार सम्बन्धि कसुरमा १० दिन म्याद थप गरी आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।