पोखरा , १४ बैशाख २०८३।
जापानको उत्तरी क्षेत्रमा रहेको होक्काइदोमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार बिहान ५:२४ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। यो भूकम्पको केन्द्रविन्दु टोकाची क्षेत्रको दक्षिणी भागमा ८० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पका कारण उराहोरो सहरमा जापानको भूकम्पीय मापन अनुसार ‘अपर ५’ तीव्रता महसुस गरिएको छ। त्यस्तै, निइक्काप्पु सहरमा पनि ‘लोअर ५’ तीव्रताको धक्का महसुस गरिएको थियो। अहिलेसम्म ठूलो मानवीय क्षति वा सुनामीको चेतावनीबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
अधिकारीहरूले आगामी केही दिनसम्म परकम्पहरू आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई सजग रहन आग्रह गरेका छन्।