प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु, दुई जना घाइते

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा , १४ बैशाख २०८३।

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय केदार बोहोरा क्षेत्री र २८ वर्षीय रामु बोहोरा क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिए।

चट्याङका कारण अन्य दुई जना घाइते भएका र उनीहरुको अवस्था मध्यम रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया