पोखरा , १३ बैशाख २०८३।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको इभी माइक्रोबस धादिङको आदमघाटमा दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन् ।
धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको ईभि माइक्रोबस आज दिउसो दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।